arrow

अविरल वर्षाले अलपत्र यात्रुहरूको भैरहवाबाट हवाई उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
nepal-airlines.jpg

बुटवल (रुपन्देही)। अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुहरूको आज हवाई उद्धार उडान गरिएको छ।

नेपाल वायुसेवा निगमको ए ३२० विमान आज दिउँसो ३:४३ बजे ७६ जना यात्रु लिएर भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।

विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार, सोही विमानले साँझ ५:४० बजे एक सय ५७ जना अलपत्र यात्रुहरूलाई बोकेर काठमाडौँका लागि उडान भर्‍यो।

उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई प्राथमिकता दिइएको राउतले जानकारी दिनुभयो। सडक यातायात अवरुद्ध भएका कारण अलपत्र परेका यात्रुहरूका लागि यो उद्धार उडान ठूलो राहत बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ