arrow

गंगामायाको जीवन रक्षाको माग गर्दै अधिकारकर्मीले बालुवाटार घेरे

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
Gangamaya.jpg.jpeg

काठमाडौं । छोराका हत्यारालाई कारबाहीको माग राखेर लामो समयदेखि अनशनरत् गोरखाकी गंगामाया अधिकारीको जीवनरक्षाको माग राखेर मानवअधिकारकर्मीले प्रधानमन्त्री निवास बालुवाटार घेरेका छन् । विहिबार टाउकोमा कालोपट्टी बाँधेर धर्नामा सहभागि भएका अधिकारकर्मीले न्याय दिएर गंगामायाको जीवनरक्षाका लागि अपिल गरे ।

उनीहरुले सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको भन्दै सरकार मानवअधिकारको रक्षाका लागि उदासिन भएको आरोप लगाए । केही दिन अघि नेपालमा रहेका कुटनीतिज्ञले सरकारले गरेको ब्रिफमा समेत मानवअधिकारको अवस्थाबारे चासो राखेका थिए ।

गंगामायाका श्रीमान् नन्दप्रसादको दुई वर्षअघि अनशनकै क्रममा निधन भएपनि उनको हालसम्म दाहसंस्कार भएको छैन । माओवादी कार्यकर्ताले २०६१ साल जेठमा चितवनमा गंगामायाका छोरा कृष्णप्रसादको हत्या गरेका बताइन्छ । हत्या आरोपमा पक्राउ परेकाहरु थप प्रमाण नपुगेको भन्दै रिहा भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ