arrow

क्यानाडाका प्रधानमन्त्री अमेरिकामा

व्यापार तनावकाबीच कार्नी र ट्रम्पबीच ह्वाइट हाउसमा भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
carny-trump-canada-america.jpg

काठमाडौँ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले मङ्गलबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्। अप्रिलपछि ओभल अफिसमा कार्नीको यो दोस्रो भ्रमण हो, जसको मुख्य कारण ट्रम्पको व्यापार युद्धबाट पार पाउन क्यानाडाले अझैसम्म वाशिङ्टनसँग विस्तृत सम्झौता गर्न नसक्नु हो।

संयुक्त राज्य अमेरिका क्यानाडाको मुख्य आर्थिक साझेदार हो, क्यानाडाको निर्यातको ७५ प्रतिशत दक्षिणी सीमामा बेचिने गर्छ। तर, ट्रम्पले यसअघि नै क्यानाडाबाट आयात हुने काठ, आल्मुनियम, स्टिल र सवारी साधनमा कर लगाइसकेका छन्। सोमबार मात्रै उनले नोभेम्बर १ देखि लागू हुने गरी ठूला ट्रकमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। एक दिनअघि ट्रम्पले कार्नीको भ्रमणको उद्देश्य करको बारेमा छलफल गर्नु रहेको र क्यानाडाबाट धेरै कम्पनीहरू अमेरिकामा सरिरहेको धारणा राखेका थिए।

यसैबीच, दोस्रो त्रैमासिकमा क्यानडाको कुल गार्हस्थ्य उत्पादन १.५ प्रतिशतले घटेको छ। क्यानाडा सरकारले भने कार्नीको भ्रमणको उद्देश्य द्विपक्षीय सम्बन्ध पुनस्र्थापना गर्न र 'नयाँ आर्थिक र सुरक्षा सम्बन्धमा साझा प्राथमिकताहरू' बारे छलफल गर्नु रहेको जनाएको छ।

६० वर्षीय पूर्व केन्द्रीय बैङ्कर कार्नी एक वर्षभन्दा कम समयअघि मात्र राजनीतिमा प्रवेश गरेका हुन् र उनले आफ्नो सङ्कट व्यवस्थापन अनुभवको आधारमा अभियान चलाए पनि हाल घरेलु रूपमा बढ्दो आलोचनाको सामना गरिरहेका छन्।

भेटअघि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएलगत्तै क्यानाडालाई ‘५१ औँ राज्य’ बनाउने धारणा राखेका ७९ वर्षीय ट्रम्पले हालसालै आफ्नो उक्त इच्छा दोहोर्‍याएका छन्, जसले कार्नीको अघिल्लो भ्रमणअघि पनि तनाव निम्त्याएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ