arrow

शिखर शुको नयाँ शोरुम डिल्लीबजारमा

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
showroom-opening.JPG.jpeg
काठमाडौं । नेपालको नं. १ फुटवेयर ब्राण्ड शिखर शुले डिल्लीबजारको बाटुलेघर नजिकै नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । पौष ६ गते उक्त शोरुमको उद्घाटन कम्पनीका प्रबन्ध सञ्चालक रामकृष्ण प्रसाई तथा कम्पनिका निर्देशक संगीता कडरियाले गरे । यसभन्दा अघि सञ्चालनमा आएको गोंगबु शोरुमसहित शिखर शुका २७ वटा शोरुमहरु पुगेका छन् ।

ग्राहकहरुको सुविधाको लागि हरेक महत्वपूर्ण स्थानहरुमा शोरुम खोल्ने वा स्थानीय व्यापारीहरुलाई आफ्ना पसलहरुबाट शिखर शुका उत्पादनहरु उपलब्ध गराउन प्रोत्साहित गर्ने शिखर शुको नीति रहेको कुरा कम्पनिका प्रबन्ध सञ्चालक रामकृष्ण प्रसाईले बताए ।

यसपटकको १२औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको प्रायोजकसमेत रहेको शिखर शुको स्टलमा सदा झैं ग्राहकहरुको सद्भावको अपेक्षा रहेको कुरा कम्पनीका निर्देशक संगीता कडरियाले बताईन् । उक्त मेला भृकुटीमण्डपमा पौष ९ गते देखि १५ गतेसम्म जारी रहनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ