arrow

महोत्सवमै गोरु जुधाइ

मार खाने गोरु पुरस्कार जित्ने मान्छे

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
goru-judhai-mahotsab.jpeg

नुवाकोट । चौथो नुवाकोट महोत्सव हेर्न आएकाहरुले विहिबार गोरु जुधाइ हेरेका छन् । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा बट्टारमा चलिरहेको चौथो महोत्सवको सातौंँ दिन विहिबार दर्शकले गोरु जुधाइ हेरेका हुन् ।

जिल्लाका तारुका र वेत्रावतीमा माघेसङ्क्रान्तिको दिन विशेष कार्यक्रमका साथ गोरु जुधाउने परम्परालाई महोत्सवमा पनि समेटिएको आयोजक सङ्घले जनाएको छ ।

तारुका र वेत्रावतीका एक–एक हल गरी दुई हल गोरुले डेढ घन्टा जुधेर दर्शकलाई मनोरञ्जन प्रदान गरेक थिए । तारुकाका धर्मबहादुर श्रेष्ठ र वेत्रावतीका अष्टमान डङ्गोलका गोरुबीच भएको प्रतिस्पर्धामा श्रेष्ठ तथा तारुकाका विष्णुलाल श्रेष्ठ र वेत्रावतीका चन्द्रबहादुर डङ्गोलको गोरुबीच भएको प्रतिस्पर्धामा श्रेष्ठको गोरुले जिते । विजेता गोरुधनीलाई १०–१० हजार र पराजित गोरुधनीलाई पाँच–पाँच हजार दिइएकाे सङ्घका महासचिव दीपक कायस्थले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ