arrow

हेटौंडाको सडक विस्तार पक्षधरहरुले जिते न्यायिक लडाईँ

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ माघ २० बिहिबार
Hetauda_Bazaar.jpeg
काठमाडौं । हेटौंडाको मूल बजारमा रहेको अबैध घर भत्काएर सडक विस्तार गर्नुपर्ने पक्षमा वकालत गर्ने हेटौंडाबासीहरुको न्यायिक जीत भएको छ । सडक विस्तारको क्रममा मुआब्जाको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षले सडक विस्तारको काम रोक्न माग गर्दै दायर गरेको रिट माथि उच्च अदालत हेटौंडाले सडक विस्तारको काम रोक्नु नपर्ने बताएको हो । 
 
उच्च अदालतका न्यायाधीसद्वय बाबुराम रेग्मी र नागेन्द्रलाभ कर्णको संयुक्त इजलासले बिहीबार यस्तो आदेश गरेको हो । हेटौँडाका कृष्ण प्रणामी मन्दिर परिसरका मन शाही लगाएत ९ जनाले केही दिन अघि अदालतमा रिट दायर गर्दै सडक विस्तार तत्कालको लागि स्थगित गराउन आदेश माग गरेका थिए । तर, छुटाछुटै रिट निवेदन उपर आदेश जारी गर्दै अदालतले तत्काल भत्काउने काम रोक्न नपर्ने भनेको हो । 
 
यो आदेशसँगै अब डिभिजन सडक कार्यालयलाई भने सडक विस्तारको काम अगाडि बढाउन बाटो खुलेको छ । अदालतको आदेश पाएसँगै डिभिजन सडक कार्यालयले अब काम सुरु हुने जनाएको छ । कार्यालयका प्रवक्ता जयराम अधिकारीले अब सडक विस्तारको कामले तीब्रता पाउने बताए ।
 
अहिले घर खाली गराउनको लागि भन्दै संयुक्त छलफल पछि १५ दिनको लागि विस्तारको काम रोकिएको थियो । त्यो म्याद पनि सकिन केही दिन मात्रै बाँकी छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ