arrow

कृष्णबहादुर महरा तानिए अख्तियारको अनुसन्धानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
krishna-bahadur-mahara-new.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएका छन् ।  चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका उनलाई अहिलेको अन्तरिम सरकारले फेरि अनुसन्धानमा तानेको हो । 

यसअघि उनलाई पक्राउ गरिएको भए पनि तत्कालीन गृहमन्त्री रवि लामिछानेले उनलाई बिरामी भएको बहानामा हाजिरी जमानीमा छाडेका थिए । प्रधानमन्त्री माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । माओवादी र रास्वपाको मिलेमतोमा नै महरा छुटेका थिए । 

त्यसयता प्रचण्डले रविलाई बोकिरहेका छन् । सहकारी ठगीमा नख्खु कारागारमा रहेका रविलाई प्रचण्डले अझै दोषी देखेका छैनन् । 

महरामाथि विद्युतीय चुरोट (भेप) लुकाएर तीनवर्षअघि सुन तस्करी गराएको प्रकरणमा अख्तियारले अनुसन्धान अघि बढाएको हो । महरासँग सुन तस्करी प्रकरणमा अख्तियारले बिहीबार टंगालस्थित कार्यालयमा बोलाएर बयान लिएको छ । 

भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर माओवादीका उपाध्यक्ष रहेका उनीमाथि सत्ता र शक्तिको भरमा मुद्दा चलेको थिएन । 

प्रचण्ड निरन्तर सत्तामा रहेपछि उनी मनमौजी जीन्दगी बाँचिरहेका छन् । उनी दुई पटक महरा प्रहरी अनुसन्धानमा तानिएका भए पनि शक्तिले काम गरेको हो । 

यो शक्ति अहिले क्षिण भएकै अवस्थामा अख्तियारले अनुसन्धान थालेको हो । पहिलो पटक मुद्दै चलाइएन भने दोस्रो पटक २०८० चैत ५ मा रवि गृहमन्त्री हुँदा कपिलवस्तुबाट समातिएका थिए । 

पक्राउलगत्तै उनलाई काठमाडौंस्थित केन्द्रीय अनुसन्धान ब्युरो ल्याएर अनुसन्धान अघि बढाइएकामा अनुसन्धानमै रहँदा त्यसको ५ दिनपछि चैत ९ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले महरालाई हाजिरी जमानीमा छाडेको थियो । 

त्यतिबेला रविले कानूनको पनि मन हुने बताएका थिए । 

त्यही प्रकरणमा महराका छोरा राहुल १४ महिना जेल परेका थिए । उनलाई पनि प्रचण्डको तत्कालीन सरकारले छाडेको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ