गुल्मीको तम्घास–खज्र्याङ सडकखण्ड आजदेखि एक महिना बन्द
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
918
Shares
गुल्मी । गुल्मीको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडकखण्ड मा स्तरोन्नतिको काम सुरु भएकाले आज (असोज २४ गते) देखि एक महिनाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ।
सडक पूर्वाधार विकास कार्यालयले सार्वजनिक सूचना जारी गर्दै असोज २४ गतेदेखि कात्तिक २३ गतेसम्म सडक बन्द रहने जनाएको छ। स्तरोन्नतिको काम रेसुङ्गा नगरपालिका–१० को मैदानदेखि वडा नं ११ को जन प्राविसम्म सुरु गरिएको छ। कार्यालय प्रमुख दीपक खड्काका अनुसार निर्माणका क्रममा यात्रु र चालकको सुरक्षालाई ध्यानमा राख्दै सडक अस्थायी रूपमा बन्द गरिएको हो र निर्धारित समयावधिभित्र काम सम्पन्न गरी सडकलाई शीघ्र सञ्चालनमा ल्याइने उनले बताए।
यात्रुहरूलाई हुने असुविधालाई ध्यानमा राख्दै कार्यालयले वैकल्पिक मार्गहरू प्रयोग गर्न आग्रह गरेको छ । राङबास–फेदीतर्फ जाने सवारीसाधनका लागि: मैदान–हर्राबोट–सपौदी हुँदै राङबास फेदी सडक।
रिडी, पाल्पा एवं अर्घाखाँची तर्फ सञ्चालन हुने सवारीसाधनका लागि: घुम्ती–चारपाला–खज्र्याङ तथा तम्घास–बलेटक्सार–रिडीको वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ।