arrow

कमल थापा निर्विरोध निर्वाचित

logo
प्रकाशित २०७३ माघ २२ शनिबार
kamal-thapa-1.jpg.jpeg
हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं ३ बाट पार्टी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।  त्यसैगरी क्षेत्रीय सदस्यमा क्षेत्र नं १ बाट सांसद गणेश थापा, केन्द्रीय सदस्य नवराज विष्ट र प्रलिता थापा निर्विरोध निर्वाचित भएका छन् । 
 
क्षेत्र नं २ बाट पनि केन्द्रीय सदस्य राजाराम बर्तौला, क्षेत्र नं ३ बाट केन्द्रीय सदस्य दीपक सिंह र मधु अधिकारी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
 
त्यसैगरी क्षेत्रीय अध्यक्षमा क्षेत्र नं १ बाट राजाराम अर्याल, क्षेत्र नं २ बाट प्रमोदलाल श्रेष्ठ, क्षेत्र नं ३ बाट धु्रव सन्जेल र क्षेत्र नं ४ बाट गोविन्द रिजाल निर्विरोध निर्वाचित हभएको राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले जानकारी दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ