arrow

अपहरण मुद्दाका आरोपित मियाँ पक्राउ

logo
प्रकाशित २०७३ माघ २२ शनिबार
handcuff-clipart-9ipeLdoeT.jpeg.jpeg
राजविराज। अपहरण तथा शरीर बन्धकको आरोपित फरार एक व्यक्तिलाई प्रहरीले छ वर्षपछि सप्तरीको वनैनियाँबाट पक्राउ गरेको छ । 
 
पक्राउपर्नेमा सप्तरी वनैनियाँ गाविस– ५ का विक्रम भनिने इस्लाम मियाँ रहेको छ । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरमा लुकेको अवस्थामा उनलाई शनिबार पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । 
 
मियाँमाथि सप्तरीको ब्रह्मपुर गाविस– ७ का औषधि पसल सञ्चालक पुनित चौधरीलाई पसल बन्द गरेर घर फर्किने क्रममा २०६७ साल माघ १३ गते राति अपहरण गरेको आरोप छ । 
 
अपहरणपछि चौधरीका काका जयशङ्कर चौधरीले जिल्ला प्रहरी कार्यालयमा मियाँसहित अपहरण गर्ने पाँचजना विरुद्ध किटानी जाहेरी दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ