arrow

तेरियालाई शान्ति दूत बनाउन मन्त्रिपरिषदमा छलफल चलाउँछु : रक्षामन्त्री खाँण

logo
प्रकाशित २०७३ माघ २२ शनिबार
Khand-dai.jpg.jpeg

काठमाडौं । रक्षामन्त्री बालकृष्ण खाँणले टेरिया मगरलाई शान्ति दूत बनाउनका लागि मन्त्रिपरिषद्मा छलफल चलाउने बताएका छन् । तेरिया मगर फाउन्डेसनले गरेको कार्यक्रममा सम्मान गर्दै मन्त्री खाँणले तरियाले अन्तर्राष्ट्रियरुपमा नेपालको प्रतिष्ठा बढाउन सहयोग गरेकाले सो प्रस्ताव मन्त्रिपरिषदबाट सजिलै पारित हुने बताए ।

मन्त्री खाँणले तेरियाले प्राप्त गरेको सफलताले उनी अहिले सबै नेपालीको मनमा बसेको भन्दै राष्ट्रले चाँडो सम्मान गर्ने प्रतिवद्धता जनाए । सांसद् आदित्यनारायण कसोधनले रुपन्देहीको सामान्य परिवारमा जन्मेकी मगरले अन्तर्राष्ट्रिय तहको प्रतिस्पर्धामा आफूलाई स्थापित गरी देशको गौरब बढाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा सफलताको कामना गरे ।

सम्मानित तेरियाले नेपाल र नेपालीको नामलाई संसारमा चिनाउन आफूले सक्दो प्रयत्न गर्ने बचनवद्धता गरिन् । नेपाल मगर सङ्घका अध्यक्ष नवीन रोक्कामगरले सरकारले तेरियाको कार्यलाई मूल्याङ्कन गरी सम्मान गर्नुपर्नेमा जोड दिनए । फाउण्डेसनका अध्यक्ष कृष्ण फौजा मगरले तेरियाको नामबाट स्थापना गरिएको सो संस्थाले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ