arrow

देउवाले भने-सोलुको जिल्ला अधिवेशनबारे छानबिन हुन्छ

logo
प्रकाशित २०७३ माघ २२ शनिबार
congress-rile-ansan.jpeg

काठमाडाैं । काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस जिल्ला समिति, सोलुखुम्बुको एक वर्षअघि सम्पन्न अधिवेशनबारे छानबिन हुने बताएका छन् । जिल्ला अधिवेशनको मिति घोषणा गर्न माग गर्दै विगत २० दिनदेखि पार्टीको केन्द्रीय कार्यालय, सानेपामा रिले अनशन बसिरहेका असन्तुष्ट पक्षका नेताकार्यकर्तासँग भेट गर्दै सभापति देउवाले तीन दिनभित्रमा समिति बनाई जिल्ला अधिवेशनका सम्बन्धमा छानबिन सुरु गर्ने आश्वासन दिएको अनशनमा सहभागी काँग्रेस सोलुखुम्बुका नेता चन्द्र आचार्यले जानकारी दिए ।

गएको वर्ष जिल्ला अधिवेशन स्थगित गरेर केन्द्रीय सदस्य बलबहादुर केसी पक्षधरले कागजी रुपमा कार्यसमिति बनाई केन्द्रमा बुझाएको तत्कालीन जिल्ला सभापति आङ्गेलु शेर्पा पक्षधरले आरोप लगाउँदै आएको छ । केसीले बुझाएकाे कार्यसमितिकाे सूचीलाई केन्द्रीय निर्वाचन कमिटीले समेत स्वीकृत गरेकाे बताइँदैछ ।

सोलु काँग्रेसका पदाधिकारी र पूर्व जिल्ला सभापतिहरु विधिवत् जिल्ला अधिवेशनको माग गर्दै आएका छन् । अधिवेशन विवादपछि जिल्लामा अहिले काँग्रेसका दुईवटा समानान्तर जिल्ला समिति बनेका छन् । आफुहरुले हार्छौ भन्दा पनि विधिवत् अधिवेशन नगरेको भन्दै असन्तुष्ट पक्षहरु केन्द्रीय कार्यालयमै धर्ना बसेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ