मेरो सरुवा चितुवा कराउनु र बाख्रा हराउनु जस्तै हो : क्षेत्रीय प्रशासक केसी
प्रकाशित २०७३ माघ २२ शनिबार
2k
Shares
हेटौंडा । अघिल्लो साता सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले आफ्नो सरुवाले सडक विस्तारको काम नरोकिने बताएका छन् । केसीले शनिबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रममा सरुवा र सडक विस्तारको काम फरक रहेको बताए । केसीले सरुवा नियमित प्रक्रिया हो भन्दै अगाडि थपे, ‘मेरो सरुवा चितुवा कराउनु र बाख्रा हराउनु जस्तै हो ।’
बाटो २५ मिटर फराकिलो पार्ने प्रक्रिया अघि बढिसकेकले सडक विस्तारको काम नयाँ क्षेत्रीय प्रशासक आएपनि नरोकिने भन्दै सडक विस्तारका क्रममा राज्यले उपलब्ध गराउनुपर्ने सुविधाका लागि प्रशासकले पहल गर्ने पनि बताए । प्रशासक केसीले आफ्नो कार्यअवधिभर बाटाे फराकिलो पार्ने अभियानमा सहयोग गरेको भन्दै जिल्लाका सरोकारवालाले आभार व्यक्त गरे ।