arrow

प्रेस चौतारी उत्रियो पत्रकार महासंघविरुद्ध

गैर पत्रकारको जमात बनाउन खोजिएको आरोप

logo
विष्णुप्रसाद भण्डारी,
प्रकाशित २०७३ माघ २२ शनिबार
fnj-new.jpg.jpeg

अछाम । प्रेस चौतारी जिल्ला शाखा अछामले पत्रकार महासंघलाई गैर पत्रकारहरुको जमात बनाउन खोजिएको आरोप लगाएको छ । शाखाले शनिबार विज्ञप्ति जारी गर्दै श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा विधान विपरीत गैर पत्ररकारलाई सदस्यता वितरण गरेर विधिको खिल्खि उठाएको आरोप लगाएको हो ।

श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ अछामलाई मर्यादित र व्वस्थित बनाउन प्रेस चौतारी नेपालले विभिन्न समयमा सुझाव दिँदै आएको अध्यक्ष टेकराज भण्डारीले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासंघको विधि र प्रक्रिया अनुसार क्रियाशील श्रमजिवी पत्रकारहरुको मात्र नयाँ सदस्यता सिफारिस गर्न र क्रियाशील पत्रकारहरुको मात्र सदस्यता नविकरण गर्न नेपाल पत्रकार महासंघ अछाम शाखाको नेतृत्वसँग प्रेस चौतारी अछामले विगतदेखि माग गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

अधिवेशनको नजिक विधान र विधिलाई मिचेर कुनै मिडियासँग आवद्ध नरहेका गैर पत्रकारलाई समेत मापदण्ड विपरीत सदस्यता नविकरण र नयाँ सदस्यता सिफारिस गरिएको प्रति गम्भीर आपत्ति जनाउँदै प्रेस चौतारी अछामले विधानले गरेको व्यवस्था राम्ररी अध्ययन गरेर सदस्यता सिफारिस तथा नविकरण गर्न पत्रकार महासंघ अछामलाई सुझाएको छ ।

श्रमजिवी पत्रकारहरुको मात्रै पत्रकार संगठन बनाउन भन्दै प्रेस चौतारी अछामले महासंघसँग माग गरेको छ । विज्ञप्ती मार्फत नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पनि ध्यानाकर्षण गराएको छ । वास्तविक श्रमजिवी पत्रकारहरुको छानविन गरी सदस्यता प्रदान गरिदिन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई अनुरोध गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ