arrow

एमाले पत्थर झै उभिन्छ : ओली

logo
प्रकाशित २०७३ माघ २२ शनिबार
oli.jpg.png

इटहरी । एमाले अध्यक्ष केपी ओलीले देश विखण्डित पार्ने र अर्काको इशारामा देशलाई बर्बाद पारी सार्वभौमसत्ता खतरामा पार्ने कार्यविरुद्ध आफ्नो पार्टीले जुनसुकै अवस्थामा पनि कडा प्रतिवाद गर्ने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा पार्टीले आयोजना गरको जनसभामा ओलीले एमाले देश र जनताको हित प्रतिकूल हुने कुनै पनि कार्यविरुद्ध पत्थर झैँ उभिने प्रतिबद्धता जनाए ।

अध्यक्ष ओलीले मधेस भूमिमा बसोवास गर्ने धेरै नेताहरूले धेरै वर्षसम्म शासनसत्तामा बसेर आफू र आफ्नो नातागोता र आफन्तलाई बनाउने कार्य गरेको आम नेपालीसामु लुकेको छैन भन्दै नयाँ संविधानले कहाँ कसलाई अप्ठ्यारो पारेको छ स्पष्टरुपमा मधेसवादी नेताहरूले खुलेर भन्न नसक्नुमा मधेस मुद्दा षड्यन्त्रको पुलिन्दाबाहेक केही हुन सक्दैन भने ।

सरकार स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन गराउन गम्भीर नभएको आरोप लगाउँदै ओलीले तोकिएको समयभित्र चुनाव नभए संवैधानिक र राजनीतिक सङ्कट आउने भएकाले एमाले त्यस्तो अवस्था आउन नदिन सचेत रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ