राष्ट्रपति पौडेलले बहिनीहरूको हातबाट लगाए तिहारको टीका
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
1.3k
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाएका छन् ।
राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले बिहीबार टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरिएको भए पनि दिनभर नै टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यमपञ्चकको अन्तिम दिन बिहीबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।