arrow

रामचन्द्रले भने–एमाले राष्ट्रियता विरोधी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ माघ २३ आइतबार
ramchandra-daju-news-aa.jpeg

स्याङ्जा । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले राष्ट्रियता विरोधी भएको आरोप लगाएका छन् । स्याङजाको वालिङमा जारी छैटौ वालिङ महोत्सवको समापन गर्न पुगेका पौडेलले कार्यकर्तासँगको भेटघाटमा यसो भनेका हुन् ।

काँग्रेसले मुलुकलाई एकताको बाटोमा लैजान चाहेको बताउँदै नेता पौडेलले आफुहरुले हिमाल, पहाड र तराईलाई एकतावद्ध बनाउन खोजेको बताए । एमालेले राष्ट्रियताको चर्को नारा लगाएर राष्ट्रियतालाई कमजोर पार्न खोजेको पौडेलको आरोप छ ।

मुलुकमा तीन ओटा निर्वाचन गर्नै पर्ने धारणा राख्दै नेता पौडेलले विकासको अगुवा काँग्रेस नै हो, राष्ट्रियताको अगुवा पनि काँग्रेस नै हो भन्ने सन्देश गाँउ–गाँउ लैजान कार्यकर्तालाई निर्देशन दिए । संविधान संशोधनले मुलुक विखण्डनतिर नजाने उल्लेख गर्दै नेता पौडेलले मधेस केन्द्रित दललाई पनि मिलाएर लानु आवश्यक रहेको बताए । मधेस केन्द्रित दललाई नमिलाउने हो भने राष्ट्रियता कमजोर हन्छ, पौडेलले भने, ‘मधेस केन्द्रित दललगायत असन्तुष्टलाई मिलाएर मुलुकलाई एकता तर्फ लैजानु आजको आवश्यकता हो ।’

पार्टीले आदर्श, निष्ठाको राजनीतिलाई अगाडी सारेर लैजान जिल्ला देखि नेतृत्व तहसम्म नेताहरुलाई पौडेलले अनुरोध गरे । मुलुकको प्रजातन्त्रदेखि लोकतान्त्रिक आन्दोलनमा स्याङ्जाको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै नेता पौडेलले कार्यकर्तालाई परिवर्तनका लागि देखाएको भूमिका नगुमाउन, भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ