arrow

उद्योग वाणिज्य संघ कञ्चनपुरको अध्यक्षमा रावल निर्वाचित

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
kanchanpur.jpeg.jpeg.jpeg
भीमदत्तनगर। कञ्चनपुर उद्योग वाणिज्य सङ्घको १५ औँ कार्यकारणी समितिको निर्वाचनबाट सुरेश रावल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।सोमबार भएको निर्वाचनको मतगणना आज सकिएको छ । अध्यक्षमा सुरेश रावलले ९११ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रत्यासी गणेशदत्त जोशीले ७८१ र सञ्जिवचन्द्र भट्टले ३१७ मत प्राप्त गर्नुभयो । 
 
सङ्घको वरिष्ठ उपाध्यक्षमा एक हजार ७६ मत ल्याई जङ्गबहादुर मल्ल विजयी हुनुभएको छ । उहाँका पत्यासी भोजराज भट्टले ८८४ मत पाउनुभयो । उद्योग उपाध्यक्षमा तेज सिंह कार्कीले ३५६ मत पाउँदै विजयी हुनुभयो, भने प्रत्यासी हेमराज जोशीले २६३ मत प्राप्त गर्नुभयो । 
 
त्यसैगरी वाणिज्य उपाध्यक्षतर्फ माधवप्रसाद जोशी ७०२ मतसहित विजयी हुनुभएको छ भने उहाँका प्रत्यासी भरत रोकायले ६२४ मत पाउनुभयो । सङ्घको महासचिवमा दीपेन्द्र प्रकाश साउद एक हजार २८ मतसहित विजयी हुनुभयो । प्रत्यासी वासुदेव जोशीले ९१३ मत पाउनुभयो । त्यस्तै सचिवमा मदनराज पन्त एक हजार ४८ मतसहित विजयी हुनुभयो भने उहाँका प्रत्यासी परमानन्द भण्डारीले ८७९ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा ७८६ मतसहित खगेश्वर बोहरा विजयी हुनुभयो भने प्रत्यासी सुरेश गुरुङले ७६९ र लिलाधर भट्टले ३८८ मत प्राप्त गर्नुभयो । 
 
यस्तै सङ्घको सदस्यमा करनसिंह पाल, निर्मला भट्ट, धर्मसिंह रावल, सिद्धराज भट्ट, पिताम्बर जोशी र गणेश चटौत विजयी हुनुभएको छ । निर्वाचनमा दुईहजार १५५ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ