arrow

अपाङ्ग संघ गुल्मीको अध्यक्षमा खत्री निवार्चित

logo
प्रकाशित २०७३ माघ २३ आइतबार
apanga-sangh-gulmi.jpeg
गुल्मी । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ  गल्मीको प्रथम जिल्ला अधिवेशन  तम्घासमा सम्पन्न भएको छ । अधिवेशनबाट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ जिल्ला कार्य समिति गुल्मीको अध्यक्षमा कौरव खत्री सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । यस्तै संघको उपाध्यक्ष पदलाई पछि मनोनित गर्ने गरि ११ सदस्यीय रहने गरि  नँया जिल्ला कार्य समितिको गठन गरेको छ ।
 
सघंको सचिवमा पुनाराम घिमिरे,सह– सचिव रिमा कुँवर,कोषाध्यक्ष खगेन्द्र पाण्डे लगायत  गरि अन्य सदस्यहरुमा बालमुकुन्द्र ज्ञवाली,बसन्त ढकाल,रवि खरेल,महेन्द थापा,पुष्कर भूषाल,सुरज वि.क,लिल बहादुर विष्ट रहेका छन् ।
 
अधिवेशनबाट कौरव खत्री,भिमप्रसाद पोख्रेल,विष्णु कुँवर पौड्याल,बालमुकुन्द ज्ञवाली,दिनेश ज्ञवाली,खगेन्द्र पाण्डे लगायत गरि ७ जना केन्द्रिय प्रतिनिधिको समेत चयन गरिएको छ । नेपाली काँग्रेसको भातृसंगठनको रुपमा गुल्मी जिल्लामा यसरी पहिलो पटक राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ जिल्ला कार्य समिति गुल्मीको नँया गठन गरिएको हो । अधिवेशनमा नेपाली काँग्रेसमा आस्थावान  जिल्लाका तिन वटै क्षेत्रका अपाङ्ग प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ