arrow

नेपालको विकास रणनीति ढुलमुले, भारततिर लुरुक्क, चीनतिर पनि लुरुक्क : मन्त्री कार्की

माछा उफ्रियो भने भारतबाट आएको इन्टरनेट चैट हुन सक्छ

logo
प्रकाशित २०७३ माघ २३ आइतबार
Ram-Karki-pictures-6.jpeg

काठमाडौं । सूचना तथा संचारमन्त्री सुरेन्द्र कुमार कार्कीले नेपालको विकास रणनीति ढुलमुले भएको बताएका छन् । संसदको विकास समितिले विभिन्न समयमा दिएका निर्देशन र भएको प्रगतिबारे सदनलाई जानकारी गराउँदै आइतबार कार्कीले नेपालको विकास रणनीति नै स्वतन्त्र नरहेको र ढुलमुले रहेको बताएका हुन् ।

उनले भने, ‘विकास समितिले हाम्रो थुप्रै विषयमा ध्यानाकर्षण गराएको छ । तर, अहिले हामीले गरिरहेको काम र योजना नयाँ होइनन् । पुरानै सरकारले बनाएको हो । पुरानो सरकारलाई दोष लगाउन खोजिएको होइन । पहिले देखिनै हाम्रो विकास रणनीतिमा खोटपूर्ण छ ।’

नेपालका दुई छिमेकी मुलुक चीन र भारत अहिले विकास साझेदारीमा नयाँ ढंगले लागेका बताउँदै मन्त्री कार्कीले नेपाल आफ्नो स्वतन्त्र विकास रणनीति बनाउन सकिरहेको छैन भने । उनले भने, ‘अहिले सम्म दक्षिणले के ल्यायो उसैको रणनीतिमा आत्मसमर्पण गर्ने । उत्तरले केही ल्याए उत्तैतिर आत्मसमर्पण गर्ने बाहेक दीर्घकालिन विकास रणनीति बनेको छैन ।’ अहिले चाइनाले वन् बेल्ट वन् रोड जस्तो महत्वपूर्ण दीर्घकालिन रणनीतिक विकास योजना ल्याएको छ, विषयवस्तुमा प्रवेश गर्नु अघि कार्कीले गम्भीर हुँदै भने ।

कार्कीले विकासलाई सूचना प्रविधिसँग जोड्न नसकिएको भन्दै विकासको मोडालिटी नै फेर्नु पर्ने आवश्यकता औँंल्याए । उनले भने, ‘विकास प्रणालीलाई आइसीटीसँग जोड्नु पर्छ भन्नेमा ध्यान गएको छैन ।’ विश्व आइसीटीको पाँचौ पुस्ता पार गर्दै अघि बढिसक्यो । हामीले भरखर पाइटल प्रोजेक्टको रुपमा काठमाडौं र पोखरामा मात्रै फोरजी सुरुवात गरेका छौं, कार्कीले भने ।  

यस्तै, मन्त्री कार्कीले इन्टरनेटमा एकतर्फको निर्भरता टरेको भन्दै भारतबाट ल्याएको इन्टरनेट समुद्रमुनिबाट ल्याइएकाले कुनै पनि बेला अवरुद्ध हुन सक्ने बताए । कार्कीले त्यही विषयलाई ध्यान दिइ आफुहरुले अहिले चीनबाट समेत अफ्टिकल फाइबरमार्फत जमिनबाटै इन्टरनेट ल्याउन लागेको जानकारी दिए ।

उनले भने, ‘अब एकतर्फको निर्भरता हट्यो । चाइना टेलिकमसँग सम्झौता भइसकेको छ ।’ संसदको विकास समितिले अन्य विषयमा समेत आफुहरुको ध्यानाकषर्णण गराएको भन्दै मन्त्री कार्कीले नेपाली संचार जगत् धर्मराएको बताए । उनले भने, ‘सरकारी संचारमाध्यमकै हविगत खराब भएको छ । विकास निर्माणका मुद्दामा नेपालका मिडियाले चाहेर पनि लेख्न सकेका छैनन् ।

सरकारी संचारमाध्यम त निरन्तर एउटै विषय उठान गर्दा डुब्ने खतरा कम छ नि ! त्यसो हुन सकेको छैन ।’ बच्चालाई लिटो खुवाउने आमाको उदाहरण दिँदै मन्त्री कार्कीले नेपाली जगत्को पठनीय अभिरुचिलाई पुनःफर्काउन संचारमाध्यम सशक्त बन्नुपर्ने धारणा राखे । सरकारले केही दिन अघि मात्रै संसदमा प्रधानमन्त्री र मन्त्रीहरुले संसदीय समिति  तथा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने उद्घोष गरेको थियो । 

माछा उफ्रियो भने भारतबाट आएको इन्टरनेट चैट हुन सक्छ
मन्त्री कार्कीले भारतबाट आएको इन्टरनेट एक्सिस केहिले काहीँ माछाले पनि विच्छेद गरिदिने बताए । उनले भने, ‘भारतबाट आएको इन्टरनेट समुद्र मुनिबाट ल्याइएको छ । कहिले काहीँ ह्वेल माछा ब्रुक्क उफ्रिँदा समेत त्यो फ्याँकिन सक्छ । इन्टरनेट विच्छेद हुन सक्छ ।’ चाइनाबाट जो हामीले जमिनबाट अफ्टिकल फाइबरमार्फत ल्याउँदै छौं । त्यो प्रभावकारी हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ