arrow

प्रधानन्यायाधीश राउतले गरे छठीमाईको पूजा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
chhathi-prakashman-raut.jpg

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिहं राउतले थापाथली पुगेर छठीमाईको पूजा गरेका छन् । सोमबार छठ पर्वको मुख्य दिन प्रधानन्यायाधीश राउतले थापाथली पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाईको पूजा गरेका हुन् । 

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए ।

छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिन काठमाडौँका विभिन्न पोखरी र नदी किनारका छठ घाट भव्य रूपमा सजाइएको छ । 

प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी-गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौँ उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ