arrow

भलिबलमा कमजोर देखियो नेपाल, श्रीलङ्कासँग सोझो सेटमा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
nepal-kava-volleyball.jpg

काठमाडौँ । सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबलमा नेपालको प्रस्तुति निकै कमजोर देखिएको छ ।

यस प्रतियोगितामा पाँच खेल खेलेको नेपालले एक खेलमात्र जितेको छ ।  

प्रतियोगिताअन्तर्गत सोमबार भएको श्रीलङ्कासँगको खेलमा पनि नेपाल पराजित भएको छ । 

ढाकास्थित इन्डोर हलमा सोमबार भएको खेलमा श्रीलङ्कासँग नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो । 

नेपालले श्रीलंकासँग पहिलो सेट १८-२५ ले पराजित भयो भने दोस्रो सेट, १७-२५ तथा तेस्रो सेट २०-२५ ले गुमायो ।

पाँच खेलबाट चार अङ्क जोडेको नेपाल पाँचौं स्थानमा रह्यो । यसअघि माल्दिभ्सलाई हराएको नेपाल तुर्किमिनिस्तान, अफगानिस्तान र बङ्गलादेशसँग पराजित भएको थियो । 

सेन्ट्रल एसियाका छ राष्ट्र सहभागी प्रतियोगितामा नेपालले पाँचौं स्थानको प्लेअफका लागि माल्दिभ्ससँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ