arrow

ठमेलबाट ३७ जना बङ्गलादेशी नागरिक पक्राउ

logo
प्रकाशित २०७३ माघ २३ आइतबार
thamel-at-night.jpeg
काठमाडौँ। ठमेलका विभिन्न ठाउँबाट ३७ जना बङ्गलादेशी नागरिकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 
 
सोह्रखुट्टे प्रहरी वृत्त प्रमुख, प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका उनीहरुको साथमा राहदानीलगायत कुनै कागजात छैन । 
 
प्रारम्भिक अनुसन्धानबाट बङ्गलादेशबाट भारत हुँदै नेपाल आएका उनीहरुले नेपालमा सिलाइकटाइको काम गर्दै आएका थिए । 
 
प्रनाउ राठौरले भने, “उनीहरुको अन्तिम लक्ष्य नेपालको नागरिकता र राहदानी बनाएर विदेशमा रोजगारीका लागि जाने देखिन्छ । पक्राउ परेकामा १९ वर्षदेखि ३४ वर्षसम्मको उमेरका रहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ