arrow

आप्रवासी बोकेको डुङ्गा डुब्दा १८ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
boat-accident-2023.jpg
फाइल तस्बिर

त्रिपोली । पश्चिमी लिबियाको जाविया तटमा  आप्रवासी बोकेको डुङ्गा डुबेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको जनाइएको छ ।

जावियाको आपतकालीन सेवा तथा उद्धार टोलीहरूले डुङ्गाबाट ९२ जनाको उद्धार गरी उनीहरुको जिवन बचाउन सफल भएको उल्लेख गर्दै समुद्रमा डुङ्गा डुब्दा बेपत्ता भएका व्यक्तिहरूको खोजी जारी रहेको बताएको छ ।  

लिबियाका अधिकारीहरूले हालै बेनगाजीको पूर्वमा लिबियाको तट पार गर्ने अनियमित ९गैरकानुनी० आप्रवासीहरूको सामूहिक प्रयासलाई असफल तुल्याएको जनाएका छन् । 
 
 पछिल्लो समय लिबिया युरोप पुग्न खोज्ने अनियमित आप्रवासीहरूका लागि ट्रान्जिट पोइन्ट बनिरहेको जनाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ