arrow

बैतडीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
Accident-sign.jpg

दशरथचन्द (बैतडी) । बैतडी जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप गए राति मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएकी मेलौली नगरपालिका–२ की २३ वर्षीया तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा केहीबेरअघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताएका छन्।

अन्य घाइतेहरूलाई भने थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ