arrow

अपराध महाशाखामा साइबर अपराधका ५६० उजुरी

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
facebook-fanda.jpg.jpeg

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले यो वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएको जनाएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रहरी नायव उपरीक्षक पशुपति रायले प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको बताए ।  उनले भने, ‘गत आवमा ८३० उजुरी महाशाखामा परेपनि यो चालु आवको ६ महिनामा नै ५६० उजुरी दर्ता भएको छ ।’

महाशाखामा उजुरी दर्ता भएमध्ये ११ घटनाको मुद्दा चलाएको रायले जानकारी दिए ।  त्यसमध्ये सामाजिक सञ्जालमार्फत अपराध गर्ने ११, एटिएममार्फत ठगी गर्ने एक र अनलाइन चिठ्ठा पर्‍यो भनी ठगी गर्ने एक घटना रहेका छन् । महाशाखाले गत आवमा १७ घटनाको मुद्दा चलाएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ