arrow

प्रेमीले प्रहार गरेको एसिडले जलेकी तुलसाको मृत्यु

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
Acid-pic.jpeg

रुपन्देही । एसिड प्रहारबाट घाइते नवलपरासी गैंडाकोटकी एक युवतीको मृत्यु भएको छ । गैंडाकोट–५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । तुलसालाई एसिड प्रहार गर्ने प्रेमी सुनिल कोइरालालाई प्रहरीले पक्राउ गरी थप कारबाही अघि बढाएको बुटवल प्रहरी प्रमुख एसपी रबिन्द्र धानुकले हाम्राकुरालाई जानकारी दिए ।

धादिङ नौबिसे–१ का २८ वर्षीय सुनिल कोइराला र तुलसा आइतबार बुटवल–६ को मेरिडियन होटलमा बास बसेका बताइएको छ । सुनिल र तुलसा केही समयदेखि प्रेम सम्बन्धमा रहेका र प्रेमिकाले आफूलाई छाडेर अकैलाई रोजेको भन्दै सुनिलले मध्यरातमा एसिड प्रहार गरेका प्रहरीले जनाएको छ ।

युवतीको गुहारपछि होटलका सबै स्टाफले चारैतिरका झ्याल ढोका थुनेर सुनिलाइ पक्राउ गरी प्रहरीको जिम्मा लगाएका बताइएको छ । आफू केही वर्षदेखि तुलसासँगको प्रेम सम्बन्धमा रहेको र अहिले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको सुनिलको बयान छ ।

सुनिलले प्रहार गरेको एसिडले तुलसाको अनुहार, टाउको र शरीरमा पुरै जलेको थियो । लुम्बिनी अञ्चल अस्पताल बुटवल र भैरहवाको युनिभर्सल कलेज अफ मेडिकलमा उपचार सम्भव नभएपछि काठमाडौं बर्निङ सेन्टर रेफर गरिएकामा तुलासाको बाटैमा मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ