arrow

राष्ट्रिय अखण्डतामाथि धावा बोल्नेलाई अब सरकारले छाड्दैन : निधि

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
nidhi-spastikaran-news-a.jpeg
जनकपुर । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय अखण्डतामाथि कसैले धावा बोल्छ भने सरकार चुप लागेर नबस्ने बताएका छन् । उनले राष्ट्रिय अखण्डतामा गम्भीर आँच आउने गरी कुनैपनि कार्य नगर्न सबैलाई आग्रह पनि गरे । उनले विखण्डन गर्ने कुरा सरकार र आम नेपालीलाई पनि सैह्य नहुने उल्लेख गरे । 
 
सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय धनुषाको नवर्निमित भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री निधिले आन्दोलनको नाममा कुनैपनि भू भाग टुक्राउन नदिने प्रष्ट पार्दै त्यस्ता गतिविधि गर्नेलाई कानुनी कठघरामा ल्याइने पनि बताए । व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधनको प्रशंग उल्लेख गर्दै मन्त्री निधिले संविधान संशोधनको टुंगो लागेपछि मात्रै निर्वाचनको वातावरण बन्ने पनि उल्लेख गरे ।
 
उनले छोटो समयमै आन्तरिक र सिमा सुरक्षाको विषयमा सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख पनि गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ