arrow

पोखरामा तेस्रो एन्ड्युरो साइक्लिङ रेस हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
cycling-pokhara.jpg

पोखरा । पोखरामा यही कात्तिक अन्तिम साता तेस्रो एन्ड्युरो साइक्लिङ रेस हुने भएको छ। डाउन टिल डस्कको आयोजनामा कात्तिक २७ देखि २९ गतेसम्म पोखरा महानगरपालिका वडा नं १३ आर्वाविजयमा साइक्लिङ रेस हुने भएको हो। 

प्रतियोगितामा साइक्लिङको डाउनहिल एक दशमलव छ किलोमिटरको दूरीमा नेपालसहित विभिन्न नौ देशका साइक्लिस्टले प्रतिस्पर्धा गर्ने डाउन टिल डस्कका प्रबन्धन निर्देशक एवं रेस निर्देशक सुनीलचन्द्र शर्माले जानकारी दिए। 

नेपालसहित, अस्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मन, अमेरिका, ओमान, जापान र श्रीलंकाका साइक्लिष्ट सहभागी हुने निश्चित भएको उनले बताए। प्रतियोगितामा ६० साइक्लिस्ट सहभागी हुनेछन्।

रेस निर्देशक शर्माका अनुुसार विभिन्न सहभागीलाई छ इभेन्टमा प्रतिस्पर्धा गराइनेछ । जसअन्तर्गत जुनियर (१२ देखि १८ वर्षसम्म), पुरुष एलिट (१९ वर्षमाथि), खुला महिला (१९ वर्षदेखि माथि), मास्टर ए पुरुष (३० देखि ३९ वर्षसम्म), मास्टर बी पुरुष (४० देखि ४९ वर्षसम्म) र भेट्रान्स पुरुष ५० वर्षमाथिको उमेर समूहका हुनेछन् ।

डाउन टिल डस्कले आर्वालाई साईक्लिङका हब बनाउने उद्देश्यसहित सन् २०२० देखि काम शुरू गरेको थियो। विभिन्न छ साइक्लिङ रेसका लागि ट्रेल बनाइएको छ। ट्रेल बनाउन प्रालिले बर्सेनि पाँच लाख खर्च गर्ने गरेको छ। 

उनका अनुसार निरन्तर पानीले समस्या बनाएको ट्रेल मर्मतदेखि नयाँ ट्रेल निर्माण गरिएको छ। सुरक्षाका लागि १४ जनाको मेडिकल टिम तयारी अवस्थामा रहनेछ। दुई जना चिकित्सक र चार एम्बुलेन्ससहितको मेडिकल टिमले रेस्क्यु गरिने उनले जानकारी दिए। 

प्रतिस्पर्धामा उत्कृष्ट पाँच (प्रत्येक इभेन्टका)लाई साईक्लिङ एसोसिरिज पुरस्कार स्वरुप प्रदान गरिनेछ भने  उत्कृष्ट जम्प गर्ने साइक्लिस्टले ३० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन्। 

एन्ड्युरो साइक्लिङको साहसिक प्रतिस्पर्धा हो। सानो गोरेटो बाटोबाट डाडाँबाट तल झर्ने यो प्रतिस्पर्धा निकै जोखिमपूर्ण मानिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ