arrow

प्रचण्ड र बिम्स्टेक महासचिवबीच के भो कुरा ?

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
PM-ra-nakanda.jpeg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव सुमित नाकान्दाले भेटवार्ता गरेका छन् । बिम्स्टेक अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग निवास बालुवाटारमा सोमबार साँझ महासचिव सुमितले भेट गरी सम्मेलनको तयारीबारे कुराकानी गरे ।

बिम्स्टेक सम्मेलनको तयारी र त्यहाँ उठाइने एजेण्डाबारे दुबैबीच कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार ऋषिराज अधिकारीले बताए । उनका अनुसार महासचिव सुमितले खासगरी आर्थिक क्षेत्रमा गर्न सकिने पूर्वाधार विकास तथा नेपालमा बुद्धिजमको विकासका लागि के गर्न सकिन्छ भन्नेबारे जिज्ञासा राखे ।

जवाफमा प्रधानमन्त्रीले बिम्स्टेकको अघिल्लो गोवा बैठकको एजेण्डालाई कार्यान्वयनका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । प्रधानमन्त्रीले चौथो बिम्स्टेक सम्मेलन सन् २०१७ मै नेपालमै गर्नेबारे मन्त्रिपरिषद्को बैठकबाटै तयारी गरिएको र आगामी बिम्स्टेक सम्मेलनमा कनेक्टिभिटी, ऊर्जा, आर्थिक विकासका एजेण्डामाथि छलफल केन्द्रित गरिने जानकारी दिए ।

बिमस्टेक अध्यक्ष राष्ट्रका नाताले सम्मेलनको आयोजनाका लागि सरकार गम्भीर भएर लागेकोे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा महासचिव  सुमितले सन् २०१७ मा नेपालमा हुने चौथो सम्मेलनको तयारीमा आफू पनि गम्भीरतापूर्वक लागेको बताए ।

सुमितले नेपालका प्रधानमन्त्रीले उठाएका एजेण्डा बिम्स्टेक र सदस्य राष्ट्रको हितमा रहेको बताउँदै एजेण्डा अगाडि बढाउने दृढता जनाए । सो अवसरमा  सुमितले लुम्बिनी विकासका लागि व्यक्तिगत र संस्थागत रुपमा आफूले पहल गर्ने पनि बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ