धनगढी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको घोडाघोडी नगरपालिका सडकखण्डमा ना ६ ख ३२८ नंको बस दुर्घटना हुँदा बसमा सवार २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्तनगरबाट नेपालगन्जतर्फ गइरहेको उक्त बस दुर्घटनाबाट घाइतेमध्ये कञ्चनपुर सुडाकी ५५ वर्षीया द्रौपदी र उनकै श्रीमान् ६० वर्षीय दिलबहादुर बमको अवस्था गम्भीर रहेको छ ।
सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर घाइते दुवैलाई उपचारका लगि नेपालगन्जतर्फ पठाइएको छ । बसका चालक दुर्घटनालगत्तै फरार भएको प्रहरीले जनाएको छ । रासस