arrow

राप्रपा सरकार छोड्न तम्तयार, चुनावी राष्ट्रिय सरकार उत्तम विकल्प

'संसदको आयु लम्ब्याउन काँग्रेस–माओवादीको खतरनाक रोडम्याप'

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
kaml-thapa-and-prachnd--1.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले सरकारको औचित्य सकिएको भनेसँगै सत्ताधारी राप्रपा सरकारबाट बाहिरिन तम्तयार भएको छ । राप्रपा संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले हाम्राकुरासँग भने, ‘प्रचण्ड सरकार जुन उद्देश्यले बनेको थियो त्यो उद्देश्य कहीँ कतैबाट पूरा भएन । सरकार पूर्ण असफल भइसक्यो । अब नैतिक रुपले सरकारमा बसिरहनु उपयुक्त हुँदैन ।’

अरु विषय त छोडौं उहाँले आफैले गरेको तीन बुँदै सम्झौता कार्यान्वयन गर्न सक्नु भएन, गिरीले अगाडि थपे, ‘निर्वाचन गर्ने र संविधान कार्यान्वयन गर्ने कुरा  त धेरै पर छ ।’ प्रधानमन्त्रीले जेठमा चुनाव गर्छु भनिसक्नु भो, कसरी असफल भो सरकार ? जवाफमा उनले भने, ‘जेठमा चुनाव गर्छु भन्नु भ्रममा पार्ने कुरा मात्रै हो । उहाँले नयाँ संरचनाको स्थानीय तहको निर्वाचन गर्ने भन्नु भा छ । खै पुनःसंरचना आयोगको प्रतिवेदन स्वीकृत गरेको ? असन्तुष्ट दललाई कहिले निर्वाचनमा ल्याउने ? के छ उपाए ? ।’ चुनाव गर्छु भन्नु भ्रम मात्र हो । उहाले अस्थिर बनाउने काम गर्नु भो, उनले भने, ‘विदेशी चलखेल बढाउनु भो । उहाँको चुनावी धरातल राम्रो छैन । उहाँ निर्वाचनमा जान तयार हुनुहुन्न ।’

तपाईहरु मन्त्री फिर्ता बोलाउनै लाग्या हाे ?
प्रमुख सचेतक गिरीले भने, ‘कार्य सम्पादन समितिको बैठकबाट यो निर्णय अवश्य हुन्छ । सरकारको औचित्यनै सकिएपछि मन्त्रीहरुको के महत्व रहयो र ! अहिले हामी महाधिवेशनकै तयारीमा छौं । तर, पनि यो सरकारमा बस्नुको कुनै औचित्य छैन । हामी सरकारमा तमासा हेर्न मात्रै गएका हैनौं । प्रचण्ड जीको कार्यशैली लामो समय हेरिसकेका छौं ।’ निर्वाचन गर्न अब ११ महिना मात्र बाँकी छ ।

अब कल्ले सरकार बनाउने ?
आफुले सर्वदलीय बैठकमै चार बुँदे रोडम्याप राखेको बताउँदै गिरीले भने, ‘मैले पहिले नै भनेको थिए । चुनावी राष्ट्रिय सरकारको विकल्प राज्नु वुद्धिमानी हुन्छ । हामीसँग संवैधानिक संकट रोक्ने अचुक उपाय त्यही हो । समय थोरै छ ।’
एमालेका केही साथीहरुले त्यो बैठकबाट बाहिरिएपछि हात मिलाउँदै तपाइले सही विकल्प ल्याउनु भो भने, त्यसपछि कसैले त्यो विषयमा सोचेनन् । अहिले एमालेका केही नेताले चुनाव गर्नकै लागि भएपनि दलीय सहमति बन्नु पर्छ सरकारमा चाहे जो सुकै होस् भनिरहेका छन् ।
गिरीले भने, ‘काँग्रेस माओवादीले स्वीकार्नै पर्छ आफुहरु असफल भएको । यदी काँग्रेस–माओवादी जनताप्रति इमान्दार छन् भने चुनावी राष्ट्रिय सरकारमा जान तयार हुनुपर्छ । समस्या समाधानको बाटो त्यही हो । नभए उल्टो दिन गिन्ति सुरु भइसकेको छ, यो गठबन्धन जुनसकै बेला टुट्न सक्छ ।’

शेरबहादुर जीले दुई तिहाई कहाँबाट ल्याउनु हुन्छ ?
संविधान संशोधन विधेयक कुनै पनि हालतमा पास नहुने भन्दै प्रमुख सचेतक गिरीले भने, ‘मधेसी नेतालाई शेरबहादुर जीले निवासमा बोलाएर दुई तिहाई पु¥याउँछु भन्नु सत्ता प्राप्त गर्न सकिन्छ भन्ने परीक्षण मात्रै हो । उहाँले फकाउनु भएको हो ।’ प्रतिपक्षको एमाले र सत्तापक्षका हामी दुवै संशोधन विधेयकको पूर्ण विपक्षमा छौं । कदापि हामी सम्झौता गर्न सक्दैनौ भनिसकेपछि शेरबहादुर जीले कहाँबाट ल्याउनु हुन्छ दुई तिहाई ?, गिरीले प्रतिप्रश्न गरे । दुई तिहाई पुग्न कित हामी चाहियो कि त एमाले ।

पहिले प्रतिनिधि सभाको निर्वाचन गर्ने हो ?
उनले भने, ‘हो यही रबैयाका कारण काँग्रेस–माओवादी असफल भए । संविधान कार्यान्वयनमा जिम्मेवार छैनन् भन्ने प्रमाण हो । उहाँहरुको रोडम्याप नै के हो भने, निर्वाचन नगर्ने संवैधानिक संकटबाट जोगाउन भन्दै संसदको एक वर्ष म्याद थप्ने ।’ उहाँहरुले अहिले जतिपनि खेलिरहनु भएको छ । त्यो सबै त्यसैको प्रपन्च हो, उनले थपे, ‘उहाँहरुबीच खतरनाक रोडम्याप बनेको सुनिन्छ ।’ एउटाले पुरानै स‌ंरचनामा स्थानीय निर्वाचन गर्छु भन्ने अर्काे ले नयाँ । यही हाे निर्वाचन नगर्ने चाल ।

काँग्रेसले परिमार्जनसहित संशोधन पारित गराउँछु भनेको छ, गरेन भने घाटा उसैलाई  : यादव
आइतबार काँग्रेस सभापति शेरबहादुर देवाको निवास बुढानीलकण्ठ पुगेका तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले काँग्रेसले जसरी पनि परिमार्जनसहित संविधान संशोधन विधेयक पारिग गराउँछु भनेको बताए । आइतबार मधेसी मोर्चा र काँग्रेसबीच विपक्षी एमालेको गठबन्धन फुटाउने र संशोधनका पक्षमा दुई तिहाई मत जम्मा गर्ने सहमति भएको बताइँदै छ ।

यद्यपि, राप्रपाले सरकारबाट फिर्ता हुने तयारी गरेसँगै काँग्रेसले गरेको प्रतिवद्धता झुठो ठहरिने भएको छ । अध्यक्ष  यादवले हाम्राकुरासँग भने, ‘हामीलाई परिमार्जन सहित विधेयक पास गर्ने भनेको छ । गरेन भने घाटा काँग्रेसलाई नै हुन्छ । माओवादीले पनि त्यही भनेको छ । उ पनि फस्छ ।’ प्रतिवद्धता गरेपछि पूरा गर्नु पर्छ की पर्दैन ? अहिले सम्म हाम्रा साथीहरुलाई लगाएका झुठा मुद्दा नै फिर्ता भएको छैन । निर्वाचनका कुरा गरेर हुन्छ, यादवले प्रतिप्रश्न गर्दै भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ