arrow

राप्रपाको क्षेत्रीय अधिवेशन सम्पन्न, मंगलबार ७५ वटै जिल्लामा अधिवेशन

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
RPP-RPP-Nepal.jpeg
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको देशभर रहेका २४० निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सोमबार सम्पन्न भएको छ । गत माघ २० गते सुरु गरिएको सो अधिवेशनअन्तर्गत प्राविधिक कारणले हुन नसकेका १८ क्षेत्रमा सोमबार सम्पन्न भएको हो । 
 
यसअघि मुलुकका दुई सय २२ क्षेत्रमा अधिवेशन सकिएको थियो । प्रत्येक क्षेत्रबाट नौ जनाको प्रतिनिधित्व कायम गरिएको छ । आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म हुन लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्नका लागि वडा, गाउँ, नगर हुँदै क्षेत्रीय अधिवेशन सम्पन्न गरिएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । 
 
तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मङ्सिर ६ गते काठमाडौँमा एकीकरण भएपछि पार्टीको तल्लो तहदेखि नै माथिल्लो तहसम्म प्रतिनिधि छनोट गरी बलियो नेतृत्व स्थापित गर्नका लागि सो महाधिवेशन गर्न लागिएको हो । 
 
पार्टीका ७५ वटै जिल्लाका लागि मङ्गलबार अधिवेशन गर्न लागिएको छ । एकै दिनमा सक्ने लक्ष्य राखिएको सो अधिवेशन विशेष कारणले सम्पन्न हुन नसकेमा निर्वाचन समितिलाई जानकारी गराएर केही दिन लम्ब्याउन सकिनेछ । 
 
महाधिवेशनको पूर्वसन्ध्यामा मूल समारोह समिति तथा त्यसअन्तर्गत गठन भएका ११ उपसमितिले गरेका प्रगतिका बारेमा समीक्षा गरी जिम्मेवारी थपघट गर्न सकिनेछ । 
 
प्रवक्ता श्रेष्ठका अनुसार महाधिवेशन मूल समारोह समितिले निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिकानुसार स्थानीय तहमा अधिवेशन सम्पन्न गराएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ