तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार मृत्यु हुनेमा ५८ वर्षीय खुसीमान गुरुङ रहेका छन्।
मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गरेका थिए। चिर्पट प्रहारबाट गम्भीर घाइते भएका खुसीमानको उपचारका क्रममा गए राति मृत्यु भएको हो।
कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान गरिरहेको छ।