arrow

कलमेगी चक्रवातले लियो ६६ जनाको ज्यान, २६ अझै बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
tufan-philippines.jpg

काठमाडौँ । फिलिपिन्समा आइतबारदेखि आएको कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुगेकाे छ । साथै, थप २६ जना बेपत्ता भएको फिलिपिन्सको नागरिक रक्षा कार्यालय (ओसीडी) ले बुधबार जनाएको छ ।

ओसीडीका उप प्रशासक राफेलिटो अलेजान्ड्रोले सबै भन्दा बढी प्रभावित सेबु प्रान्तमा चक्रवातका कारण ४९ जनाको मृत्यु भएको मिडियालाई बताएको छ ।

उनका अनुसार आँधीका कारण कम्तीमा १० जना घाइते भएका छन् भने सात लाख छ हजार भन्दा बढी मानिस प्रभावित भएका छन् ।

बुधबार सम्म, फिलिपिन्सकोे मौसम विज्ञान विभागले कलमेगी केन्द्र एल निडो, पलावनमा २५ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम-उत्तरपश्चिमतर्फ सर्दै एक सय २० किलोमिटर प्रति घण्टाको अधिकतम हावा र एक सय ६५ किलोमिटर प्रतिघण्टा हावाको साथ आएको जनाएको छ ।

विभागका अनुसार कलमेगी यस वर्ष फिलिपिन्स द्वीपसमूहमा प्रहार गर्ने २०औँ चक्रवात हो । प्रशान्त चक्रवात क्षेत्रमा अवस्थित फिलिपिन्सले प्रत्येक वर्ष औसत २० वटा चत्रदवातको सामना गर्ने गरेको जनाइएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ