arrow

जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १९ घाइते

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
accident-final.jpeg
पाल्पा । पाल्पाको दोभान गाविस–४ श्रीडा“डामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 
 
दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीयवासी यमप्रसाद पौडेलले बताए । 
 
दुर्घटनामा १९ जना घाइते भएको र तिनको अहिले बुटवलका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
दोभान २ नं वडाको देउरालीबाट दोभान– ४ श्रीडाँडामा बिहेमा बाजा बजाएर फर्किँदै गर्दा जिप दुर्घटनामा परेको हो । 
 
लु १ ज २६८९ नंको जिप दुर्घटनामा चार जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । ओरालो कच्ची बाटामा दुर्घटना भएको जिप सडकबाट १२० मि भिरमा खसेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ