arrow

झलनाथको स्पष्टीकरण -'केही रिजर्भेशन' भए पनि सम्मेलनमा सहभागी भएँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
jhalnathass.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दाहाल-नेपाल नेतृत्वको नवगठित नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा सहभागी हुनुको कारण स्पष्ट पारेका छन्।

नयाँ पार्टी खोल्ने घोषणाको तयारीमा रहेका खनालले केही 'रिजर्भेशन' (फरकमत वा सर्त) का बाबजुद एकतामा बल पुर्‍याउने ध्येयले सम्मेलनमा सहभागी भएको बताएका छन्।

उनका अनुसार, उनले आफ्ना रिजर्भेशनहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई बताइसकेका छन् र प्रचण्डले ती कुरा मिलाउने प्रतिबद्धता जनाएका छन्। खनालले भने, "एकताको कुनै विकल्प छैन अहिले। त्यसकारण एकतामा बल पु¥याउनका लागि म यहाँ आएको हो।"

खनालले सिंगो वामपन्थीहरूको एकता र यो सिंगो राष्ट्रको एकता आजको आवश्यकता भएको तर्क गर्दै मुलुकलाई सङ्कटबाट पार लगाउन वाम एकता अपरिहार्य रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ