arrow

स्ववियू निर्वाचनले क्याम्पसमा रौनक, नेविसंघका यी हुन् आकांक्षी

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
nebisangh.jpg.jpeg
काठमाडौं । यतिबेला त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसको चहलपहल बेग्लैछ । लाग्छ यसरी क्याम्पसमा चहलपहल हुने हो भने धेरै विद्यार्थीले सहजै र सजिलै उच्च शिक्षा हासिल गर्ने थिए । तर त्यो चहलपहल उच्च शिक्षाका लागि भने हैन । आठ वर्षपछि यही फागुन १४ गते हुँदै गरेको स्वतन्त्र स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनले गर्दा यतिबेला क्याम्पसको चहलपहल बेग्लै भएको हो । 
 
चुनाव नजिकिदै गर्दा  क्याम्पसहरुमा अध्यक्षका आकांंक्षीहरु चुनावी दौडमा लागेका छन् । २८ वर्षे उमेर हद मान्न सबै विद्यार्थी संगठनहरु तयार भएर निर्वाचन हुने संभावना बढेपछि माहौल केही फरक भएको हो । तर आफू स्ववियु सभापतिका लागि उम्मेदवार बन्नका लागि विद्यार्थीहरु धमाधम नेताहरुका घरघरमा धाउँदैमा फुर्सद छैन । किनकि टिकट दिने उनै हुन् । 
 
नेपाल विद्यार्थी संघले पनि केही दिन अघि उमेर हद मान्ने भन्दै आफ्ना विद्यार्थीहरुलाई तयारीमा लाग्न निर्देशन दिएपछि को उम्मेदवार बन्ने विषयमा चर्चा सुरु भएको छ । पार्टीमा जस्तै नेविसंघमा पनि संघको उम्मेदवारहरु स्ववियु निर्वाचनमा पनि समूह समूहको नामबाट उम्मेदवार बन्ने लाइनमा देखिन थालेका छन् । राजधानी बाहिरका जिल्लाहरुमा पनि चुनावी चहलपहल उस्तै बढेको छ ।
 
सबैभन्दा ठूलो पार्टीका सबैभन्दा धेरै विद्यार्थी भएकाका आकांक्षी पनि धेरै हुनु स्वभाविकै हो । आखिर को को छन् त काठमाडौं उपत्यकाका क्याम्पसहरुमा नेविसंघका आकांक्षी सभापति उम्मेदवारहरु –
 
कीर्तिपुर केन्द्रीय क्याम्पस – वीरबहादुर जप्रेल, सुनिलबहादुर कार्की, हिमांक भण्डारी, शिशिर खनाल, योगेन्द्र रावल, केदार पौडेल, सन्तोष केसी, गोविन्द शर्मा, विभु शर्मा, नारायण शर्मा बस्याल ।
 
त्रिचन्द्र क्याम्स– वीरेन्द्र गिरी, किरण सिटौला, गीता गुरुङ, निलाम्बर रेग्मी, बसन्तराज भट्ट, गोपाल खत्री, नारायण पाण्डे ।
 
अमृत साइन्स क्याम्पस – सिजर भट्ट, सन्तोष चापागार्इं, शोभित भण्डारी, पुरन रोकाया ।
 
पुल्चोक इन्जिनियरिङ क्याम्पस–  रञ्जन चौलागार्इं र अमृत रेग्मी ।
 
थापाथली इन्जिनियरिङ क्याम्पस– सिसन दाहाल, विजय कुमार अर्याल, सागर गुरुङ तथा विकास लामा ।
 
विश्वभाषा क्याम्पस – सुमन पाण्डे, लोकराज भट्ट, विजय लामा, विजय विष्ट ।
 
शंकरदेव क्याम्पस – डोजाङ्ग शेर्पा, निश्चल राई, टेकराज अवस्थी, लोकहरी पौडेल, सतिस वगाले र जगत चटौत ।
 
पिके क्याम्पस – कौशी भट्ट, रेखा परियार, अर्पना खड्का, सुजाता कोइराला, लक्ष्मी योन्जन, पम्फा गान्धारी ।
 
नेपाल ल क्याम्पस – नवराज डाँगी, प्रविण हुमागाई, राजकुमार उप्रेती, सुरज सेजुवाल, रितेश राजथला, रोहित नेपाल ।
 
रत्नराज्य क्याम्पस – उत्तम साउद, एकराज बस्नेत, सुनिल शर्मा ।
 
पब्लिक युथ क्याम्पस – सगुन राणा, सिवराज थापा र कुसाग्र विमली ।
 
नेपाल कमर्स क्याम्पस – अनुराग बस्नेत , विष्णुहरी खड्का सरोज तिमल्सिना, गोकर्ण रावल ।
 
महेन्द्र रत्न ताहाचल – विक्रम पौडेल, कौशल दाहाल, दिवाकर बोहरा, केशव विष्ट ।
 
पशुपति क्याम्पस – जगन्नाथ दुलाल, प्रेम शाही, मुकेश घिमिरे, कृष्णदास सुनुवार ।
 
काठमाडौं शिक्षा क्याम्पस – ललिता जोशी र रामचन्द्र शर्मा 
 
पाटन संयुक्त क्याम्पस – रमेश राउत, निराजन केसी र राजेश काफ्ले । 
 
बाल्मिकी क्याम्पस – प्रदीप न्यौपाने, रविन्द्र बराकोटी र अच्युत लम्साल ।
 
एन आर एन क्याम्पस – परोपकार अधिकारी । 
 
ग्रामिण आदर्श क्याम्पस – शुशिल भट्ट, माधव शर्मा, उज्जन बुढाथोकी, सन्तोष अधिकारी, जिवन राना, सन्तोश गुरुङ, राजकुमार भट्ट ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ