arrow

पार्टी सुदृढ नगरी भोट माग्न गए जनताले लौराले हिर्काउलान् – आङगेलु शेर्पा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
anggelu-sherpa-congress-sol.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले पार्टीलाई सुदृढ नगरी जनतासँग भोट माग्न लौराले हिर्काउलान् भनी पार्टी नेतृत्वलाई सचेत गराएका छन् । 

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई बुधबार सम्बोधन गर्दै नेता शेर्पाले चुनावमा जानका लागि पार्टीलाई ताजकीकरण नगरी जाँदा भोट हैन लौरो दिन सक्ने भन्दै सचेत गराएका हुन् । 

उनले सोधे, ‘चुनावमा हामी के लिएर जाने ? जनता हामीलाई भोट दिन तयार भएर बसेका छन् कि लौरो थाहा छ तपाईंहरुलाई ? चुनावमा जानु अगाडि हाम्रो दृष्टिकोण के हो ?’

उनले पार्टीको महाधिवेशन गरी नेतृत्व चयन गरेरमात्र चुनावमा होमिनुपर्ने बताए । नेता शेर्पाले भने, ‘महाधिवेशनलाई पर पुर्याएर हामीले के नीति कसको नेतृत्वमा चुनावमा जाने ? त्यसकारण चुनाव अगाड महाधिवेशन गरेर सबै मुद्धा टुंगो लगाएरमात्र चुनावमा जाऊँ ।’

उनले एमालेसँगको संयुक्त सरकारका बेलामा भएका गल्ती केलाएर अगाडि बढ्न पनि नेतृत्वलाई आग्रह गरेका छन् । उनले प्रश्न तेर्स्याउँदै भने, ‘सामाजिक सञ्जाल बन्द गरेपछि हामीले किन सत्ता नछाडेको ? परराष्ट्र नीतिमा कम्युनिष्टकरण गर्दा किन नबोलेको ? संसदलाई नेताको इशारामा चल्ने कठपुतलीमात्र किन बनाउँदा कांग्रेस किन नबोलेको ? आज संसदीय व्यवस्थामाथि नै प्रश्न उठेको छ यसमा कांग्रेसले जवाफ दिने कि नदिने ?’

नेता शेर्पाले चुनावमा जानुअघि कांग्रेसका ठोस एजेन्डा सार्वजनिक गर्न पनि माग गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ