arrow

सदस्यता विवादले पत्रकार महासंघको केन्द्रमै तनाव

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
FNJ.jpeg

काठमाडौं । सदस्यताको विवादलाई लिएर पत्रकार महासंघका तीन केन्द्रीय सदस्यले विरोध वक्तव्य निकालेका छन् । सदस्यता वितरणमा भागबण्डा गरिएको र केन्द्रीय सदस्यहरुलाई यसबारे जानकारी नदिइएको भन्दै तीन जना केन्द्रीय सदस्यले महासंघ नेतृत्वको विरोधमा वक्तव्य निकाले हुन् ।

महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवर, माधव दुलाल र रोशन पुरीले मंगलबार  वक्तव्य जारी गर्दै भनेका छन्, ‘एकातिर गैर पत्रकारलाई सदस्यता दिएको भनेर विवाद हुनु, अर्कातिर यति धेरै सदस्य एकै पटक थपिनु संयोगमात्रै पक्कै होइन होला ।’ पत्रकार महासंघको केन्द्रमा समेत

सदस्यता वितरणलाई अपारदर्शी ढंगले भागवण्डाका रुपमा अगाडि बढाउने काम भइरहेको छ । यो पक्कै राम्रो होइन । पत्रकार महासंघले यो वर्ष ३ हजार नयाँ सदस्य थप्न लागेको सुनेपछि आफूहरुले सूची माग्दा नदिइएको र लुकाइएको विज्ञप्तिमा जनाइएको छ । अहिले विभिन्न जिल्ला शाखामा सदस्यता विवाद देखिएको छ । कतिपय ठाउँमा पेशागत संगठनले शाखामा तालाबन्दी नै गरिदिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ