मन्त्रालयले 'तत्काल कार्यान्वयन' प्रणालीको विकास गरेको अर्थमन्त्री खनालको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
850
Shares
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयले कुनै पनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणालीको विकास गरेको दाबी गरेका छन्।
शनिवार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले अर्थ मन्त्रालयले कुनै पनि विषयलाई सुन्ने, छलफल गर्ने, निर्णय गर्ने र कार्यान्वयनमा तत्काल लगिहाल्ने प्रणालीको विकास गरेको जिकिर गरे। उहाँले आश्वासनले मुलुकको विकास नहुने स्पष्ट पार्दै जेन–जी आन्दोलनको मर्मअनुसार आफूले भ्रष्टाचार नियन्त्रणका लागि भन्सार प्रशासनमा आमूल सुधार गर्ने प्रयत्न गरेको समेत बताए।
अर्थमन्त्री खनालले जेन–जी आन्दोलनले सुशासन नभए र भ्रष्टाचार न्यूनीकरण हुन नसकेमा आम नागरिकले मुलुकभित्र काम गर्ने अवसर नपाउने र रोजगारीका लागि विदेश जानुपर्ने अवस्था आउने भन्ने सन्देश दिएको उल्लेख गरे।
उनले भने,"हाम्रो अहिले अर्थ मन्त्रालय प्रणाली सुन्ने, छलफल गर्ने, निर्णय गर्ने, कार्यान्वयन गरिहाल्ने अवस्थामा छौं। कुनै पनि निर्णय गर्न विलम्व गरेका छैनौं। ... त्यसको निम्ति प्रत्येक मन्त्रालयमा सुधारको काम भइरहेको छ। अर्थ मन्त्रालयमा भन्सार प्रशासनमा लागत कम हुने गरी आमूल सुधार गर्ने प्रयत्न गरिएको छ।"
अर्थमन्त्री खनालले सबै नागरिकले रोजगारीका लागि विदेश जार्नैपर्ने अवस्था आउन नदिन आफूले सक्दो पहल गरिरहेको पनि बताए।