arrow

ग्यास बुलेट किन्दै आयल निगम

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
Chinese-Gas-Bullet.jpg.jpeg
काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यास ढुवानी गर्ने अत्यावश्यक सवारी साधन ‘बुलेट’ खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।  निगमले बुलेट खरिद गर्न चाहने उद्योगीलाई प्रस्ताव लिएर आउन आह्वान गरेपछि निगममा एक हजार ७९ निवेदन परेको छ । निगमले करिब ४५० वटा बुलेट खरिदका लागि अनुमति दिने तयारी गरेपछि देशभरका ५३ वटा ग्यास उद्योगी र अन्य कम्पनीले बुलेट खरिदका लागि आवेदन दिएका हुन् । हालसम्म मुलुकमा कुनै पनि स्वदेशी बुलेट छैन । 

हाल नेपालमा ग्यास ढुवानी गर्ने सबै बुलेट भारतीय कम्पनीका हुन् । सङ्कटको समयमा अप्ठ्यारो परेकाले बुलेट खरिद गर्न अनुमति दिन लागिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । निगमले ग्यास उद्योगी सङ्घलाई कसले कति खरिद गर्न सक्ने भन्ने विषयमा स्पष्ट भएर आउन भनेको छ । सङ्घको धारणा आएपछि उक्त विषयमा निर्णय लिइने प्रवक्ता घिमिरेले जानकारी दिए । 

कर तथा भन्सार छुट भएको अवस्थामा हाल सञ्चालनमा आएको जस्तै एउटा बुलेट खरिदका लागि रु ७० लाख देखि रु ८० लाखसम्म पर्ने अनुमान गरिएको छ । निगमले उद्योगीलाई ३५० वटा मात्र खरिदका लागि अनुमति दिने अरु बाँकी १०० वटा बुलेट अन्यलाई दिने तयारी गरेको एलपी ग्यास उद्योगी सङ्घका अध्यक्ष शिव घिमिरेले बताए । उनले भन्सार एवम् कर छुटका साथ बुलेट खरिदका लागि पहल गरिएको जानकारी दिए ।

हाल ग्यास आयातकै लागि प्रतिवर्ष रु तीन अर्ब ५० करोड रकम भाडामै विदेशीने गरेको छ । विगत ४० वर्षदेखि नेपाली बुलेट नहुँदा हरेक वर्ष उक्त रकम खर्च हुने गरेको अध्यक्ष घिमिरले बताए । उनका अनुसार कर र भन्सार छुट नदिने हो भने एउटा बुलेटको मूल्य रु एक करोड १५ लाख पर्नेछ । 

अध्यक्ष घिमिरेका अनुसार निगमले आह्वान गरेपछि सङ्घका तर्फबाट ७६८ वटा बुलेट खरिदका लागि निवेदन परेको छ । उद्योगीले रातो प्लेट राख्नेगरी खरिदका लागि अनुमति मागेका छन् भने निगमले भने कालो प्लेटको पनि बुलेट खरिदका लागि अनुमति दिने तयारी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ