arrow

गच्छदारले पनि भने–सरकारको औचित्य सकियो

संसदको म्याद थप्ने कुरा पनि गरे

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ माघ २५ मंगलबार
Gachhadar.jpg.jpeg

विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संविधान जोगाउन सहमति जुटाएर निर्वाचनमा जानुपर्ने बताएका छ । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गछदारले सरकारको प्राथमिकता राजनीतिक गतिरोध अन्त्यका लागि सहमति जुटाएर निर्वाचन गराउनु रहेको बताए ।

दलहरुबीच सहमति नहुँदा अहिलेसम्मको प्राप्त राजनीतिक उपलब्धी र संविधान दुबै संकटमा परेको उल्लेख गरे । मधेशी मोर्चा लगायत आदिवासी, जनजातिको मागलाइ सम्बोधन गर्न परिमार्जन सहित संविधान संशोधन गरिनु पर्ने र  जेठ पहिलो साताभित्र हुने गरि निर्वाचन मिति घोषणा हुनुपर्ने गच्छदारको भनाई छ ।  

गच्छदारले भने, ‘संविधान र प्राप्त राजनीतिक उपलब्धी संरक्षणका लागि कि त जेठ पहिलो साता हुने गरी स्थानीय तहको निर्वाचन गरिनु पर्ने, जेठमा निर्वाचन नभए कार्तिक १५ पछि मंसिर पहिलो साताभित्र प्रतिनिधि सभाको निर्वाचन गरिनु पर्ने र त्यो पनि नभए सबैको सहमतिमा व्यवस्थापिका संसदको म्याद थप्नुपर्छ ।’

एमालेलाई बाहिर राखेर न त मोर्चाको लागि संविधान संशोधन हुन्छ न त व्यवस्थापिका संसदको म्याद थप, गच्छदारले भने, ‘तत्काल एमालेसँग सहमति गरेर अघि बढनुपर्छ ।’
 
गच्छदारले आप्mनो पार्टी सरकारमा जानुको औचित्य समाप्त हुदै गएको र  अब परिमार्जन सहित संविधान संशोधन प्रस्ताव पारित गरेर  निर्वाचनको मिति  घोषणा नभए सरकारलाई दिएको  समर्थन फित्र्ता लिनुको विकल्प नभएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ