arrow

एकाएक कहाँ बेपत्ता भयो माईतीघरमा गाडिएको नेपालको झण्डा ?

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
Flag_maitighar.jpeg
काठमाडौं । शहीद दिवसको दिन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रकवि माधव घिमिरेले संयुक्त रुपमा सार्वजनिक गरेको नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा माईतीघर मण्डलाबाट निकालिएको छ । गत माघ १६ गते माईतीघरमा एक कार्यक्रमकाबीच भव्य रुपमा गाडिएको उक्त झण्डा मंगलबार भने गुपचुपका साथ निकालिएको हो । 
 
नेपाली देश भक्त युवा समाजले गाडेको झण्डा फहराउनुको सट्टा उल्टै झुकेको भनेर गुनासाहरु आउन थालेपछि समाजले नै अन्य बैकल्पिक व्यवस्था नभएसम्मको लागि भनेर सिडिओलाई समेत जानकारी दिएर निकालिएको समाजका संयोजक नारायणप्रसाद ढुंगानाले जानकारी दिए । 
 
उनले झण्डा फहराउनुको सट्टा उल्टै झुकेकोले यसलाई अलिक बलियो खम्बाको व्यवस्था गरेर मात्रै गाड्ने भनेर निकालिएको जानकारी दिए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणले झण्डा गाड्नको लागि भनेर खम्बाको व्यवस्था समेत गरिसकेकोले अब बुधबार या त बिहीबारसम्ममा झण्डा गाडिसक्ने जानकारी पनि दिए ।
 
उनले शहीद दिवसकै दिन गाड्नुपर्ने भएकोले अन्य विकल्प नहुन्ज्यालको लागि भनेर कमसल खम्बाको प्रयोग गरिएकोले अहिले निकाल्नुपरेको स्पष्ट पनि पारे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ