arrow

एमालेमा फर्किए किसान श्रेष्ठ, गरे आत्मआलोचना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
kishan-shrestha.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) छाडेर नेकपा (एमाले) मा फर्किएका नेताकृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) ले वर्तमान कठिन आर्थिक र राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामर्थ्य नेकपा (एमाले) सँग मात्र रहेको बताएका छन्।

सोमबार नेकपा (एमाले) ले काठमाडौंमा आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभामार्फत पार्टीमा समाहित हुँदै उनले आजको क्षण आफ्नो राजनीतिक जीवनको अत्यन्तै भावनात्मक र ऐतिहासिक मोड भएको बताए।

नेता श्रेष्ठले विभिन्न कारणले चार वर्षअगाडि एमाले छोडेको भए पनि पछिल्लो समय त्यो निर्णय ठिक नभएको निष्कर्षमा पुगेको भन्दै आत्मआलोचना गरे। उनले भने, "एमाले छोडेपछि हामीले बुझ्यौं यो पार्टी एउटा संगठन मात्रै होइन। एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह हो।"

श्रेष्ठले एमालेले देशलाई संविधान, सङ्घीयता र लोकतान्त्रिक दिशा दिएको स्मरण गरे। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको दृढता, अटलता र देशप्रतिको समर्पण आज पनि लाखौँ युवाका लागि प्रेरणा बनेको जिकिर गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ