arrow

सञ्चारमाध्यम बन्द गरिएकोप्रति प्रेस युनियनद्वारा खेद व्यक्त

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
Press-Union.jpg.jpeg.jpeg
काठमाडौं । समाचार लेखेकै आधारमा विभिन्न सञ्चारमाध्यमहरु बन्द गरिएकोप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले मंगलबार विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रता हनन गर्ने गरी गरिएका यस्ता गतिविधिप्रति युनियनको ध्यानाकर्षण भएको जनाएका हुन् । 
 
नेपाल प्रहरीका एक उच्च अधिकारीका विषयमा प्रकाशित समाचारका विषयलाई लिएर नेपाल प्रहरीले समाचार प्रकाशन गर्ने संचार संस्थाहरुको प्रकाशनमा अवरोध पुर्‍याउने नियतबाट दुरसञ्चार संस्थाहरुको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्राचार गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।ु शिवाकोटीद्वारा जारी विज्ञप्तीमा भनिएको छ । 
 
प्राधिकरणले समेत नेपाल प्रहरीको भनाइलाई शिरोधार्य गर्दै सोमबार विभिन्न इन्टरनेट प्रदायक संस्थाहरुलाई ति समाचार संस्थाहरु आम नागरिकको पहुँचमा पुग्न नसक्ने गरि व्लक गर्न निर्देशन दिईएको थियो ।  संविधानले प्रत्याभुत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वर्खिलाप हुने गरि नेपाल प्रहरीले ठाडो निर्देशन दिर्इ समाचार संस्थाहरुमा अवरोध पुर्‍याउने कार्य कसैगरी पनि स्वीकार्य नहुने धारणा युनियनको छ । 
 
महासचिव शिवाकोटीले समाचार संस्थाहरुको निर्वाध सञ्चालन हुने वातावरण सिर्जना गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक व्यवस्थाको रक्षाको लागि नेपाल प्रहरीसँग विज्ञप्ती मार्फत अनुरोध गरेका छन् । उनले सम्वन्धित सञ्चार संस्थाहरुले प्रकाशन र प्रसारण गरेका समाचार उपर गुनासो र उजुरी भए प्रेस काउन्सिल लगायतका न्यायिक निकायमा उजुरी गर्न पनि युनियन सबैमा अनुरोध गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ