arrow

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति

मधेस सरकार गठनविरुद्ध सात दलका सांसदहरूको धर्ना, सर्वोच्चमा रिट दर्ता

नियुक्ति प्रक्रिया असंवैधानिक भएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
madhesh-oath.jpg
तस्बिर फाइल

काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा भएको सरकार गठन प्रक्रियाविरुद्ध सात राजनीतिक दलका सांसदहरूले प्रदेश सभा भवनअगाडि विरोध प्रदर्शन गरेका छन्।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितका सात राजनीतिक दलका सांसदहरूले मङ्गलबार प्रदेश सभा भवनअगाडि धर्ना दिएका छन्। विरोधमा उत्रिएका यी दलहरूले मुख्यमन्त्री यादवको नियुक्ति प्रक्रियालाई असंवैधानिक ठहर गर्दै एमालेको नेतृत्वमा बनेको यो सरकारलाई 'अवैध सरकार' भनेका छन्।

धर्नामा सहभागी सांसदहरूले सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को उपधारा ३ विपरीत भएको दाबी गर्दै तिब्र नाराबाजी गरेका छन्। राजनीतिक विरोधका साथसाथै विरोधी दलहरूले कानूनी बाटो पनि रोजेका छन्। उनीहरूले एमालेबाहेकका दलहरूका ७४ जना प्रदेश सांसदहरूको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ