भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले साना दललाई सरकारमा जानबाट रोक लगाउनुपर्ने बताएका छन् । भक्तपुरमा आयोजित बृहत शैक्षिक एवं विज्ञान प्रर्दशनीको उद्घाटन गर्दै विजुक्छेले यस्तो धारणा राखेका हुन् । थ्रेसहोल्ड नराख्दा अस्थिर सरकार बन्छ भन्नु गलत भएको बताउँदै उनले स्थिर सरकार बनाउन साना दललाई सरकारमा जान नपाउने व्यवस्था गर्नुपर्ने बताए ।
थ्रेसहोल्डले अस्थिर सरकार बन्छ भन्नु गलत हो, नेपाली काँग्रेस, एमाले र माओवादीले नै सरकार बनाउँदा साना पार्टीलाई सरकारमा लगेका हुन्, अस्थिर सरकारको जिम्मेवारी पनि तीन दलले लिनुपर्छ’–विजुक्छेले भने, ‘ठूला दलले आफ्नो स्वार्थ पुरा गर्न साना दललाई सरकारमा लैजाने, अनि थ्रेसहोल्ड नराख्दा अस्थिरता आउँछ भन्नु गलत हो ।’