arrow

हत्यामा संलग्न १२ पक्राउ

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
hatkadi-new-ss.jpeg

वालिङ । एक पुरुषको हत्यामा संलग्न १२ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक वीरबहादुर पुलामीका अनुसार स्याङ्जाको आरुचौर–४ मा गत पुस २७ गते राति धारिलो हतियार प्रयोग हिमाली भेगबाट घुम्ती व्यापारका लागि आएका एक पुरुषको हत्यामा संलग्न स्थानीय १२ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

‘एक महिना अगाडि घुम्ती व्यापार गर्दै हिडेका अन्दाजी ५० वर्षको नाम ठेगाना खुल्न नसकेको व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी ज्यान लिएको देखिन्छ, प्रहरी उपरीक्षक पुलामीले भने, ‘मृतकलाई घर नजिकै बारीमा पुरेको र त्यहाँ असुरक्षित हुने ठानेपछि १० दिनपछि पुनः वनको बीचमा लगेर पुरेको अनुसन्धानबाट खुलेको छ ।’

पहिलोपटक शव पुरेको ठाउँमा उनीहरुले पाडो मारेर पुरेका थिए । हत्याका क्रममा प्रयोग गरिएका हतियार, शव पुर्न प्रयोग गरिएका सामग्री, झोला तथा लत्ताकपडा प्रहरीले सुरक्षितसाथ राखेको छ । मृतकको साथमा रहेको झोलामा शिलाजित तथा नगद चार हजार फेला परेको प्रहरी उपरीक्षक पुलामीले बताए ।

जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी यो घटनाको सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेकाहरुमा सबै दलित समुदायका रहेका छन् । स्याङ्जाको आरुचौर–४ घर भई हाल पोखरा बस्ने २० वर्षीय सञ्जय भनिने तिलकबहादुर विक मुख्य अभियुक्त रहेको र अन्य आरुचौर ४ का नरबहादुर विक, सुरज विक, विशाल विक, विजय विक, पिताम्बर विक, हर्कबहादुर विक, सरोज विक, उमाकान्त विक, दुर्गे विक, कृष्णबहादुर विक र शोभाखर विक पक्राउ परेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ