काठमाडौँ । ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएको छ।
आज दिउँसो एक कार्यक्रमका बीच डा. भीम रावल नेतृत्वको अभियान नेकपामा समाहित गर्न लागेको हो।
गत आइतबार नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल सहितका नेतासँगको छलफलपछि अभियान नेकपामा समाहित हुने निश्चित भएको थियो।
नेता रावल नेकपा एमालेका पूर्व उपध्यक्ष हुन् । त्यसअघि उनी पटक पटक मन्त्रीसमेत भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षमा चुनाव लडेपछि ओलीले एक्लो एवं निरीह बनाएर एमालेबाट निकालेका थिए ।
माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका केही साना दल मिलाएर हालै नेकपा गठन भएको थियाे ।
नेकपामा अशोक राईलाई पनि मिसाउने प्रयत्न भइरहेको बताइन्छ ।